तिमी मेरो साँझ तिमी नै बिहानी ।
तिमी सँगै बित्छ मेरो यो जिन्दगानी ।
तिमी मेरो साँझ...
तिमी रुँदा रोई दिन्छु हाँस्दा हाँसी दिन्छु ।
तिमीलाई संझि संझि जीवन बिताई दिन्छु ।
ढल्किदैछ तिमी सँगै मेरो यो जवानी ।
तिमी सँगै बित्छ मेरो यो जिन्दगानी ।
तिमी मेरो साँझ...
तिमी हिँड्ने बाटो हेरि सँधै कुरि बस्छु ।
दिल भित्र तिमीलाई सँधै सजाई राख्छु ।
लेख्ने मन छ तिम्रो मेरो प्रेम कहानी ।
तिमी सँगै बित्छ मेरो यो जिन्दगानी ।
तिमी मेरो साँझ...
तिम्रो मुटु भित्र मेरो बास बस्ने मन छ।
तिम्रो पिर ब्यथा सबै लिने मेरो मन छ।
संझिराछु तिमीलाई साँझै बिहानी ।
तिमी सँगै बित्छ मेरो यो जिन्दगानी ।
तिमी मेरो साँझ...