विहानीको झुल्के घाम झै झुल्कु झुल्कु लाग्छ ।
तिम्रो मन भित्र बास बसुँ बसुँ लाग्छ ।
तिम्रो मन भित्र बास बसुँ बसुँ लाग्छ ।
विहानीको झुल्के घाम झै...
सँधैभरि तिमीलाई हेरुँ हेरुँ लाग्छ ।
तिम्रो हात समाई संसार डुलु डुलु लाग्छ ।
हात फिंजाइ चरी झै उडु उडु लाग्छ ।
तिम्रो मन भित्र बास बसुँ बसुँ लाग्छ ।
तिम्रो मन भित्र बास बसुँ बसुँ लाग्छ ।
विहानीको झुल्के घाम झै...
मुस्कान बनि ओंठ भरि हाँसु हाँसु लाग्छ ।
आँसु बनि परेलिमा झरूँ झरूँ लाग्छ ।
हाँसो बनि तिमी सँगै रमाउ रमाउ लाग्छ ।
तिम्रो मन भित्र बास बसुँ बसुँ लाग्छ ।
तिम्रो मन भित्र बास बसुँ बसुँ लाग्छ ।
विहानीको झुल्के घाम झै
मुटु भित्र तिमीलाई सजाई राखु राखु लाग्छ ।
हात समाई सँधैभरि नाचुँ नाचुँ लाग्छ ।
अँगालोमा तिमीलाई बाँधु बाँधु लाग्छ ।
तिम्रो मन भित्र बास बसुँ बसुँ लाग्छ ।
तिम्रो मन भित्र बास बसुँ बसुँ लाग्छ ।
विहानीको झुल्के घाम झै...