तिमी सङ भेट भयो इलाम बजारैमा ।
त्यही भेटमा आँखा डुल्यो तिम्रो मुहारैमा ।
मोहनी त्यो रुपै गढ्यो हो....
मोहनी त्यो रुपै गढ्यो मेरो नजरैमा ।
सम्झना बिर्सना,
तिम्रै नामको ट्याटु छ है मेरो छातिमा ।
तिम्रै नामको ट्याटु छ है मेरो छातीमा ।
नछुट्टिने कसम खाएथ्यौ नारायणथान मन्दिरमा ।
कुराकानी गर्दै डुलेथ्यौ माइपोखरीमा ।
नछुट्टिने कसम खाएथ्यौ नारायणथान मन्दिरमा ।
कुराकानी गर्दै डुलेथ्यौ माइपोखरीमा ।
डुल्दा डुल्दै माया बस्यो हो ...
डुल्दा डुल्दै माया बस्यो मिठो त्यो बोलीमा।
सम्झना बिर्सना,
तिम्रै नामको ट्याटु छ है मेरो छातीमा ।
तिम्रै नामको ट्याटु छ है मेरो छातीमा ।
कन्यामको चियाबारीमा फोटो खिचाएथ्यौ ।
बादलुको घुम्टो ओढि लुकामारी खेलेथ्यौ ।
कन्यामको चियाबारीमा फोटो खिचाएथ्यौ ।
बादलुको घुम्टो ओढि लुकामारी खेलेथ्यौ ।
लुकामारी खेल्दा खेल्दै हो....
लुकामारी खेल्दा खेल्दै, बस्यौं यो दिलैमा ।
सम्झना बिर्सना,
तिम्रै नामको ट्याटु छ है मेरो छातीमा।
तिम्रै नामको ट्याटु छ है मेरो छातीमा ।