मायाको बोलि साहै नै मिठो मोहनी लगाई दिउँकि ।
दुई थुँगा फूल टपक्क टिपि शिरैमा सिउरी दिँउकि ।
हो..शिरैमा सिउरी दिँउकि ।
दिन पनि बित्छ रात पनि बित्छ माया कै संझनामा
मायालाई राख्छु सँधै भरि यो मनको कुनामा ।
हो ..यो मनको कुनामा ।
मायालाई संझि मनमा राखि मुटुमा सजाई दिउँकि ।
दुई थुँगा फूल टपक्क टिपि शिरैमा सिउरी दिँउकि ।
हो..शिरैमा सिउरी दिँउकि ।
मायाले छड्के नजरले हेर्दा भुतुक्कै हुन्छु म त ।
बारुले कम्मर नागबेली चाल हेरि रहन्छु म त ।
हो... हेरि रहन्छु म त ।
भुतुक्कै भए मायालाई हेरि अब त भगाई दिउँकि ।
दुई थुँगा फूल टपक्क टिपि शिरैमा सिउरी दिँउकि ।
हो..शिरैमा सिउरी दिँउकि ।
हो..शिरैमा सिउरी दिँउकि ।
हो..शिरैमा सिउरी दिँउकि ।