दाँया नि तिमी बाँया नि तिमी
अघि नि तिमी पछि नि तिमी
जहाँ हेऱ्यो जता हेऱ्यो देख्छु मात्र तिमी ।
मात्र तिमी मात्र तिमी ।
मात्र तिमी मात्र तिमी ।
सपनीमा आई तिमी कुरा गर्ने गर्छौ
बिपनीमा भेट्दा तिमी किन लजाउँछौ
किन लजाउँछौ ।
तिम्रो संझनाले सँधै सताउँछ मलाई
कल्पनामा कल्पि संझी बस्छु तिमीलाई ।
संझी बस्छु तिमीलाई ।
सपनामा तिमी विपनामा तिमी
संझनामा तिमी कल्पनामा तिमी
जहिले पनि जहाँ पनि देख्छु मात्र तिमी ।
मात्र तिमी मात्र तिमी ।
मात्र तिमी मात्र तिमी ।
उकाली चढदा अघि अघि हिँडे जस्तो
ओराली झर्दा पछि पछि आए जस्तो ।
पछि आए जस्तो
गाँउ जाँदा तिमीलाई नै देखे जस्तो लाग्छ
शहर तिरै पनि तिमीलाई देखे जस्तो लाग्छ ।
देखे जस्तो लाग्छ ।
उकालीमा तिमी ओरालीमा तिमी
गाँउमा तिमी शहरमा तिमी
जहाँ गयो जता गयो देख्छु मात्र तिमी
मात्र तिमी मात्र तिमी ।
मात्र तिमी मात्र तिमी ।