मलाई तिम्रो काख प्यारो मलाई तिम्रो साथ प्यारो ।२
अंगालोमा बाँध मायाले तिम्रो अंगालो झनै प्यारो ।
तिम्रो अंगालो झनै प्यारो ।
मलाई तिम्रो काख प्यारो ।
लडखडाए पाईला मेराे हात समाई मलाई थाम्नु
सँगसँगै पाईला चालि छाँया जस्तै साथ दिनु ।२
मलाई थाम्ने हात प्यारो, साथ दिने पाइला प्यारो ।२
ओढाइदेउ मायाको पछ्यौरी ओढाई दिने मायालु प्यारो ।
ओढाई दिने मायालु प्यारो ।
मलाई तिम्रो काख प्यारो ।
आँखामा सजाउँछु तिमीलाई तिमी आँखा कतै नडुलाउनु
अंगालोमा बाँधि मलाई मेरो कोमल अधरलाई चुम्नु ।२
मलाई हेर्ने आँखा प्यारो मलाई चुम्ने ओंठ प्यारो । २
भरिदेउ सिँउदो मायाले तिम्रो हातको सिंदुर प्यारो ।
तिम्रो हातको सिंदुर प्यारो ।
मलाई तिम्रो काख प्यारो ।