कृष्ण गोपाल मेरो कृष्ण गोपाल २, तिमीमा बाहेक जादैन अरुमा नजर ।२
राधा पियारी मेरो राधा पियारी २, जादैन नजर अन्त तिमीलाई नहेरी ।२
सोर्ह सय गोपिनीलाई तिमी डुलाउछौ, मलाई भने सधैं तिमी मायामा भुलाउछौ ।२
फुर्सद छैन तिमीलाई अनेक लिला गर्दै, बाचेकै छु अझै सम्म मायाको आस गर्दै । मायाको आस गर्दै ।
कृष्ण गोपाल मेरो कृष्ण गोपाल२, तिमीमा बाहेक जादैन अरुमा नजर ।२
सबैलाई बराबरी मन बाडेको छु, अरुलाई भन्दा बिशेष प्रेम तिमीलाई गरेको छु ।२
मलाई हेर्न सबै जना लालायित हुन्छन, मेरो माया पाउन सबै पागलनै हुन्छन । पागल नै हुन्छन ।
राधा पियारी मेरो राधा पियारी २, जादैन नजर अन्त तिमीलाई नहेरी ।२
तिरिरी बृन्दाबनमा बन्शी बजाउछौ, बन्शीको धुनले मेरो मन हर्ने गर्छौ ।२
तिम्रो दर्शन नहुदा मनमा हुन्छ छट्पट, तिमीलाई देखे पछि हुन्छ मनमा आनन्द । हुन्छ मनमा आनन्द ।
कृष्ण गोपाल मेरो कृष्ण गोपाल२, तिमीमा बाहेक जादैन अरुमा नजर ।२
प्रेममानै सन्सार अडेको हुन्छ, प्रेमले नै सबैलाई बाधेको हुन्छ ।२
तिमी जस्तै अरु पनि मलाई प्रेम गर्छन, दु:ख हर्ने सोचेर मेरो पछि पर्छन् । मेरो पछि पर्छन् ।
राधा पियारी मेरो राधा पियारी २, जादैन नजर अन्त तिमीलाई नहेरी ।२
कृष्ण गोपाल मेरो कृष्ण गोपाल२, तिमीमा बाहेक जादैन अरुमा नजर २ ।
राधा पियारी मेरो राधा पियारी २, जादैन नजर अन्त तिमीलाई नहेरी ।२
तिमीमा बाहेक जादैन अरुमा नजर ।
जादैन नजर अन्त तिमीलाई नहेरी ।