म प्रकृती हुँ .... म प्रकृति हुँ ।
यो धरती यो आकाश यो वायुमण्डल ।
श्रृष्टिका यिनै हुन उद्गम स्थल ।
बाँचेका छन यिनमा सबै प्राणी जगत ।
सबै प्राणी बनस्पतिको सुन्दर घर ।
म प्रकृति हुँ प्रकृति हुँ सारा जगतको ।
म प्राकृतिक बासस्थान हुँ सारा जगतको ।
यो समथर हरिया फांट यि हरिया अग्ला पहाड
सेतै कपाल झै फुलेको यि अग्ला हिमाल ।
त्यो कलकल गरि बग्ने कञ्चन नदी
अनि स्वच्छ गहिरो त्यो निलो सागर ।
यिनै हुन प्राणी जगतको सुन्दर घर ।
म प्रकृति हुँ प्रकृति हुँ सारा जगतको ।
म प्राकृतिक बासस्थान हुँ सारा जगतको ।
आज भौतिक बिकाशको लहर चलिराछ ।
विकाशको नाममा प्रदुषण बढाईराछ।
आफ्नै बासस्थानको बिनाश गराईराछ।
प्राणी जगतको अस्तित्व मेटाईराछ ।
प्राकृति अब प्राकृतिक रहेन ।
कृतिमताले यहाँ जरो गाडिराछ ।
भौतिक विकाशमा मानव लागिराछन ।
शक्तिशालि बन्ने लहर चलाईराछन ।
देश देश बीच युद्ध चलिराछ ।
आफ्नो अस्तित्वको लडाई लडिराछ ।
युद्धले प्रवृतिको नाश गराईराछ ।
प्राणी जगतको विनाश गराईराछ ।
शक्तिशाली बन्ने होडमा युद्ध गराईराछ ।
यो ब्रम्हाण्डको नै अस्तित्व मेटाईराछ ।
अस्तित्व मेटाईराछ ।
आज हेर प्रकृति नै रोईराछ ।
विनाशको मुक दर्शक भई हेरिराछ ।
संरक्षणको लागि अनुरोध गरिराछ ।
प्रकृतिको संरक्षण गरौ आफ्नो अस्तित्व जोगाऔँ ।
जय प्रकृति....