आँखामा मेरो सपना छ, ओंठमा मिठो मुस्कान छ ।२
आँखाले हेऱ्यो ओंठले बोल्यो, बोलिमा तिम्रो नाम छ ।
बोलिमा तिम्रो नाम छ ।
बोलिमा तिम्रो नाम छ ।
जून बनि तिमी आइदेउन, जीवनमा उज्यालो छरिदेउन ।२
जून बनेर उज्यालो छरेर, जीवनको अन्धकार हटाई देउन ।
जीवनको अन्धकार हटाई देउन ।
जीवनको अन्धकार हटाई देउन ।
खुशी बनेर आईदेउन, दुःख पीर सबै हटाई देउन ।२
खुशी बनाई दुःख पीर हटाई, जीवनमा खुशियाली भरिदेउन ।
जीवनमा खुशियाली भरिदेउन ।
जीवनमा खुशियाली भरिदेउन ।
फूल बनेर फूलिदेउन, जीवनमा बास्ना छरिदेउन ।२
फूल बनेर बास्ना छरेर, मायाले जीवन सजाई देउन ।
मायाले जीवन सजाई देउन ।
मायाले जीवन सजाई देउन ।
मायाले जीवन सजाई देउन ।