कोहि त होला मलाई माया गर्ने, कोहि त होला मलाई मन पराउने ।
कोहि त होला मलाई माया गर्ने, कोहि त होला मलाई मन पराउने ।
एक्लै हिडिराथे एक्लै रमाईराथे,मनमनै कसैलाई सोचिराथे।
अचानक सोचे जस्ति परीलाई देखे ।
आँखा जुध्यो मेरो पहिलो भेट्मानै,लजाईन उनी आँखा झुकाएरै ।
थाहा छैन उनको रोजाईमा म छु छैन ? .....
के उनि नै होला मलाई माया गर्ने ? के उनि नै होला मलाई मन पराउने ?
के उनि नै होला मलाई माया गर्ने ? के उनि नै होला मलाई मन पराउने ?
धेरै दिन देखि देख्नपाको छैन, के हो उनको नाम पनि थाहा छैन ? कहाँ बस्छिन उनी केही थाहा छैन ।
कोहि त मलाई बताईदेउन....
अब त मलाई धेरै नसताउन, एक पल्ट फेरि मलाई दर्शन देउन ।
थाहा छैन उनलाई भेट्छु भेट्दिन...
के उनि नै होला मलाई माया गर्ने ? के उनि नै होला मलाई मन पराउने ?
के उनि नै होला मलाई माया गर्ने ? के उनि नै होला मलाई मन पराउने ?
गल्ली गल्ली उनलाई खोजी हिडे, उनको फोटो लिदै साथिभाई लाई सोधे , खोज्दा खोज्दै निरास भैसकेको थिए ।
अचानक् फेरि उनलाई मेरो सामु देखे....
बल्ल आज उनी सङ बोल्न पाए,मनका भावनाहरु साटन पाए ।
अब कहिले नछुट्टिने कसम खाए...
उनि नै हो मलाई खुसीयालि दिने, उनि नै होला मलाई मन पराउने ।
उनि नै हो मलाई खुसीयालि दिने, उनि नै होला मलाई मन पराउने ।
उनि नै हो मलाई माया गर्ने ।
उनि नै हो मलाई मन पराउने ।