एकान्तमा आज भोलि बस्न मन लाग्छ ।
आफै सँग एक्लै कुरा गर्न मन लाग्छ ।
किन किन रिसाएर बस्न मन लाग्छ ।
आफै लाई हेरि हेरि हाँस्न मन लाग्छ ।
छिनमा हाँस्ने छिनमा रुने हो... छिनमा हाँस्ने छिनमा रुने यो के गराईराछ ।
मोबाईलले आजभोलि पागल बनाईराछ ।
हो..मोबाईलले आजभोलि पागल बनाईराछ ।
बच्चा देखि बुढो सम्म मोबाईलमा व्यस्त बुदावुढी जति सबै भजनमा मस्त, केटाकेटी सबै जना च्याटिङमा मस्त, आजभोलि बच्चाहरु मोबाइलमै मस्त, पहिला पहिला बच्चालाई बाहिर डुल्नु पर्ने आज जन्मिदैका बच्चालाई मोबाईल चाहिने, मोबाइल हेरि हेरि बच्चा खुसी हुने, बाआमालाई फकाउन सजिलो हुने । हो...बाआमालाई फकाउन सजिलो हुने ।
मोबाईल हेरि हेरि खाना पकाउछिन,
नुनहाल्ने तरकारीमा चिनी मिसाउछिन ।
नसघाए भान्सा घरमा छिनमै रिसाउँछिन
आँखाँचाहि छिन छिनै मोबाईलमा डुलाउँछिन ।
भोक छैन निन्द्रा छैन हो...भोक छैन निन्द्रा छैन यो के गराईराछ ।
मोबाईलले आजभोलि एक्लो बनाईराछ ।
हो... मोबाईलले आजभोलि एक्लो बनाईराछ ।
दिनरात सबै जना मोबाईलमा ब्यस्त, चारजना चारैतिर मोबाईलमा मस्त आफ्नो मान्छे आफै बाट टाढो भैराछ मोबाईलमा सबै जना हराईराछ । पानी बिना बरु बाँच्न सकियला, मोबाईल विना बाँच्न गाह्रो भैराछ, मोबाईलले कतिलाई बर्वाद बनाईराछ, मोबाईलले कतिलाई शिखर चढाईराछ । हो...मोबाईलले कतिलाई शिखर चढाईराछ ।
फेसबुकले साथीभाइलाई भेट गराईराछ
इन्स्टाग्रामले साथीभाईलाई चिनाईराछ
टिकटकले कलाकाइलाई जन्माईरइ
युटुवले आम्दानीलाई बढाईराछ ।
मोबाईलले कतिलाई हो मोबाईलले कतिलाई बर्वाद बनाईराछ ।
मोबाईले कतिलाई शिखर चढाईराछ ।
हो..मोबाईले कतिलाई शिखर चढाईराछ ।
हो..मोबाईले कतिलाई शिखर चढाईराछ ।
चाहिने जति सबै कुरा पाइन्छ मोबाईलमा, पुरा गरौ ईच्छाहरु हेरि मोबाईलमा ।
साथीभाई मोबाईलको सदुपयोग गरौ, मोबाईल सदुपयोग गरि शिखरमा चढौ हो...मोबाईल सदुपयोग गरि शिखरमा चढौ ।