मन भो भारि
मन भयो आज किन ? मेरो भारि भारि ।
गयौ तिमी किन ? मलाई एक्लो पारि ।
भनेको भए साथ दिन्थे जुनीभरि ।
सोच्नै सकिन दिमाग भयो खाली खाली ।
खाली खाली ।
मन भयो आज किन ? मेरो भारि भारि ।
भारि भारि ।
तिमी सँग कुरा गर्ने बानी परिसकेथ्यो ।
कुनै दिन कुरा गर्न नपाए मन खिन्न हुन्थ्यो ।
तिम्रो बोलिमा खै कस्तो जादु थियो ।
तिम्रो मधुर बोलीले मोहनी लगाई सकेथ्यो ।
लगाई सकेथ्यो ।
चुपचाप बस्छौ किन होला आज भोलि ।
रसायो आँखा तिम्रो छुट्टिने कुरा सुनी ।
सुत्नै सकिन तिम्रो कुराले रातैभरि ।
रातैभरि ।
मन भयो आज किन ? मेरो भारि भारि ।
भारि भारि ।
जुनि जुनि साथ दिन्छु भनेकै थियौ ।
तिमी नै मेरो जिउने सहारा भन्ने गथ्यौ ।
बुझ्नै सकिन किन ? तिमी टाढा भयौ ।
रमाई रहेको मनलाई किन ? दुःखि बनायौ ।
दुःखि बनायौ ।
चाहन्छु तिमी खुशी हुनु सधैँभरि ।
रमाउनु तिमी आफ्नो चाहना पुरा गरि ।
पुरा गरि ।
मन भयो आज किन ? मेरो भारि भारि ।
भारि भारि ।
भारि भारि ।
भारि भारि ।
गीतकारः सुशिल श्रेष्ठ
मितिः२०८१/१०/०१ गते बिहानः७.३० बजे