रिमझिम रिमझिम पानी परेको रात ।
एक्लो भएछु म छैन तिम्रो साथ ।
हे माया... छैन तिम्रो साथ
भेटन आउँछु भनेर गऱ्यौ किन घात ।
तिम्रो संझनामा बिताई सके मैले कैयो रात ।
हे माया.... मैले कैयो रात ।
तिमीलाई भेट्न मैले धेरै कोशिस गरे ।
तिमी हिँड्ने बाटो मैले सँधै कुरि बसे ।
हे माया....सँधै कुरि बसे ।
कुर्दा कुर्दै मरि सक्यो तिमीलाई भेट्ने आश ।
तिम्रो संझनामा बिताई सके मैले कैयो रात ।
हे माया.... मैले कैयो रात ।
किन होला तिमीलाई भेट्न यति गाह्रो ।
ढुंगा भन्दा तिम्रो मन किन यति साह्रो ।
हे माया.... किन यति साह्रो ।
अझै पनि आशा छ पाउँछु तिम्रो साथ ।
तिम्रो संझनामा बिताई सके मैले कैयो रात ।
हे माया.... मैले कैयो रात ।
हे माया.... मैले कैयो रात ।
हे माया.... मैले कैयो रात ।