लक्ष्मी बनी तिमी आयौं मनमा खुसियाली छायौ ।
लक्ष्मी बनी तिमी आयौं मनमा खुसियाली छायौ छोरी..... तिमी मायाकि खानी हौ, तिमी आखाकि नानी हौ । ए छोरी, तिमी जिउने आधार हौ ।
यो धर्तीमा जन्म दियौं, सन्सारको आँखा देखायौ ।
यो धर्तीमा जन्म दियौं, सन्सारको आँखा देखायौ बाबा... हजुर मेरो जन्मदाता हो, हजुर मेरो सृष्टिकर्ता हो । ए बाबा, हजुर मेरो जन्मदाता हो ।
बाबालाई कुरि बस्थ्यौ, हातसमाइ संगै हिड्थ्यौ ।
लडि हाले घाउ देखाइ, चिच्याएर रुने गर्थ्यौ ।
रुदै आशु पुछने गर्थ्यौ, मुसुक्क हासी दिन्थ्यौ ।
मोती बनी तिमी आयौ जून बनी ज्योति छायौ ।
मोती बनी तिमी आयौ जून बनी ज्योति छायौ, छोरी ...तिमी मेरि अप्सरा हौ, तिमी मेरि मेनका नि हौ । ए छोरी, तिमी जिउने आधार हौ ।
टुकु टुकु हिड्न सिकायौ, तोते बोलि बोल्न सिकायौ ।
चोट लाग्दा मल्हम लगायौ, सधैं सत्य बोल्न सिकायौ ।
शिक्षा दियौं दीक्षा दियौं, असल मान्छे बन्न सिकायौ ।
जादुगर बनी आयौ सबै इच्छा पुरा गरायौ।
जादुगर बनी आयौ सबै इच्छा पुरा गरायौ बाबा.... हजुर मेरो सुपरम्यान हो, हजुर मेरो जादुगर हो । ए बाबा, हजुर मेरो सुपरम्यान हो ।
तिमी मायाको खानी हौ......ए छोरी, तिमी आखाको नानी हौ ।
हजुर मेरो जन्मदाता हो... ए बाबा, हजुर मेरो सृष्टिकर्ता हो ।
तिमी मेरि अप्सरा हौ.....ए छोरी, तिमी मेरि मेनका नि हौ ।
हजुर मेरो सुपरम्यान हो....ए बाबा, हजुर मेरो जादुगर हो ।