तिमी जून भएछौ अँध्यारो हटाउन ।२
चाहन्न तिमीलाई दाग लगाउन ।२
दाग लगाउन...
औंशीको रातमा तिमी जून बनि आउनु ,
आकाशका तारालाई चम्काइदिनु ।२
तिमी सागर भएछौ जीवन दिन ।२
चाहन्न तिमीलाई सुनामी बन्न दिन ।२
सुनामी बन्न दिन ।
बिरानो मन्दिरमा तिमी आत्मा भई आउनु,
मन मन भित्र तिमी आस जगाउनु ।२
तिमी पत्थर भएछौ मन्दिरमा पुज्न ।२
चाहन्न तिमीलाई बाटोमा छोड्न ।
बाटोमा छोड्न ।
तिमी जून भएछौ अँध्यारो हटाउन ।२
चाहन्न तिमीलाई दाग लगाउन ।२
दाग लगाउन...
दाग लगाउन...
दाग लगाउन...