आँखामा तिम्रै तस्बिर छ माया ओंठमा तिम्रै नाम छ।२
तिमीलाई नै पाउने माया मेरो एउटै धोको छ ।२
ए माया एउटै धोको छ ।
ए माया एउटै धोको छ ।
हेर्दै सुन्दरी लगाई मोहनी नजाउ दिल मेरो चोरी ।
ए माया नजाउ दिल मेरो चोरी ।
मधुर बोली दुई हात जोडी नजाउ कसम तोडी ।
ए माया नजाउ कसम तोडी ।
ए माया नजाउ कसम तोडी ।
मोहनी लगाई सुन्दरी माया मनको कुरा बुझिदेउन ।
मधुर बोलेर कसम तोडेर छोडेर नगईदेउन ।
ए माया छोडेर नगईदेउन ।
ए माया छोडेर नगईदेउन ।
आँखामा सपनी आउँछ झलझलि तिमीलाई संझे पछि ।
ए माया तिमीलाई संझे पछि ।
कल्पनामा कल्पि याद है गरि बित्छ दिन तिमीलाई संझि ।
ए माया बित्छ दिन तिमीलाई संझि ।
ए माया बित्छ दिन तिमीलाई संझि ।
सपनीमा आउँछौ झलझलि माया रात ढले पछि ।
कल्पनामा कल्पन्छु तिमीलाई संझि साँझ परे पछि ।
ए माया साँझ परे पछि ।
ए माया साँझ परे पछि ।
आँखामा तिम्रै तस्बिर छ माया ओंठमा तिम्रै नाम छ।२
तिमीलाई नै पाउने माया मेरो एउटै धोको छ ।२
ए माया एउटै धोको छ ।
ए माया एउटै धोको छ ।