स्वर्गकि परी हौ कि धरती कि छोरी ।
मेनका हौ कि तिमी या हौ उर्वसी ।
के उपमा दिउँ भन अब तिमीलाई ।
मेनका भनुँ या उर्वसी भनुँ तिमीलाई ।२
उर्वसी भनुँ तिमीलाई ।
सुन्दर छ रूप तिम्रो उस्तै छ रंग ।
रूपरंग हेरि तिम्रो सबै पर्छन दंग ।
नागवेलि चाल तिम्रो रेशमी कपाल ।
सुन्दरताको तिमी रहेछौ बेमिसाल ।
रहेछौ बेमिसाल ।
स्वर्गकि परी हौ कि धरती कि छोरी ।
अप्सरा हौ कि तिमी या हौ रुक्मिणी ।
के उपमा दिउँ भन अब तिमीलाई ।
अप्सरा भनुँ या रुक्मिणी भनुँ तिमीलाई ।२
रुक्मिणी भनुँ तिमीलाई ।
तिम्रो एक दर्शन पाउन भिड गर्ने गर्छन ।
तिमीलाई पाउँन मर्न मार्न तयार हुन्छन ।
मानिसको जुनी लिई धर्तीमा झरिछौ ।
एकोहोरो बनाई मलाई मोहनी लाइछौ ।
मोहनी लाइछौ ।
स्वर्गकि परी हौ कि धरती कि छोरी ।
मोहिनी हौ कि तिमी या हौ सुन्दरी ।
के उपमा दिउँ भन अब तिमीलाई ।
मोहिनी भनु या सुन्दरी भनुँ तिमीलाई ।२
सुन्दरी भनुँ तिमीलाई ।
सुन्दरी भनुँ तिमीलाई ।