सबै मलाई हेरि कति हेन्डसम रैछ भन्थे ।
हेन्डसम भन्दा सबैले मक्ख पर्ने गर्थे ।
मक्ख पर्दा पर्दै पऱ्यो आज एक्लै बस्नु ।
बिहे भको छैन अझै कति कुमार बस्नु ।
अझै कति कुमार बस्नु ।
ए चक्कर चलाई देउ ए चक्कर चलाई देउ
मन मिल्ने एउटी लौन मिलाई देउ ।
लौन मिलाई देउ ।
कोही भेटे मोटी अनि कोही पातली ।
रिजेक्ट गरे सबैलाई आफु हेन्डसम ठानी ।
छान्दा छान्दै उमेर कटेको थाहै भएन ।
तालु मात्रै बाँकि रह्यो बालै रहेन ।
मेरो बालै रहेन ।
ए चक्कर चलाई देउ ए चक्कर चलाई देउ
मन मिल्ने एउटी लौन मिलाई देउ ।
लौन मिलाई देउ ।
कोही हेरे गोरी अनि कोही हेरे काली ।
हेर्दा गोरी भए पनि मन रैछ जाली ।
काली भनि रिजेक्ट गरे रैछ दिलवाली ।
छान्दा छान्दै गाह्रो भयो पाउन घरवाली ।
हजुर पाउन घरवाली ।
लौन अब एउटी सँग चक्कर चलाई देउ ।
मन मिल्ने एउटी लौन मिलाई देउ ।
लौन मिलाई देउ ।