गुनगुनाउने मन छ तिमी स्वर बनि देउन,
गीत म लेख्छु तिमी संगीत भरिदेउन ।२
संगीत भरिदेउन ।
गुनगुनाउने मन छ तिमी...
सय थरि बाजाको सय थरि धुन,
सबै मिलि बन्छ मिठो संगीतको धुन ।२
संगीतको धुन ।
सात सुर लाउछु तिमी स्वर थपि देउन,
गीत म लेख्छु तिमी संगीत भरिदेउन ।२
संगीत भरिदेउन ।
गुनगुनाउने मन छ तिमी...
स्वरमा तिम्रो जादु छ सरस्वति बसे जस्तै,
गीत सुन्दा लाग्छ स्वयम् सरस्वति गाए जस्तै ।२
सरस्वति गाए जस्तै ।
स्वरमा स्वर मिलाउँछु तिमी सुर भरि देऊन,
गीत म लेख्छु तिमी संगीत भरिदेउन ।२
संगीत भरिदेउन ।
गुनगुनाउने मन छ तिमी स्वर बनि देउन,
गीत म लेख्छु तिमी संगीत भरिदेउन ।
संगीत भरिदेउन ।
गुनगुनाउने मन छ तिमी...