गहु जस्ती गोरि तिमी नेपालकी छोरी । मोहनी नै लगाई दिने तिमी मायाकी डोरि । २
तिम्रो रुप हेरि सबै भईदिन्छ फिदा । तिम्रो अघि देखिन्छ अप्सरा पनि फिक्का... ओ अनामिका..ओ ओ अनामिका ।
भवराहरु पनि तिम्रो अघि पछि डुल्छ्न । कबिले पनि तिम्रो रुपको वर्णन गर्छन । २
लाग्छ तिमीलाई पाउन साईत हेराएका । लाग्छ भगवानले तिमीलाई फुर्सदमा बनाएका..ओ अनामिका..ओ ओ अनामिका ।
हिउँ जस्ती गोरि तिमी हिमालझै टल्किने, नशालु आँखा भित्र जवानी छल्किने । २
तिमी हिड्दा धर्तिमा कम्पन गराईदिने । तिम्रो मधुर बोलिले मन्त्र मुग्ध बनाईदिने...ओ अनामिका..ओ ओ अनामिका ।
हास्दा तिम्रो गालामा डिम्पल परिदिने, तिम्रो मन्द मुस्कानले घायल बनाईदिने ।२
लाग्छ तिमीलाई सधैं हेरि रहु जस्तो, लाग्छ तिम्रो दिलभित्र बास बसु जस्तो...ओ अनामिका..ओ ओ अनामिका ।
ओ अनामिका..ओ ओ अनामिका ।