आउन पाईन है आमा चाहेर पनि यसपालीको चाडैमा
आउन पाईन है बाबा चाहेर पनि यसपालीको चाडैमा ।
आएन सन्तान भनि आँसु नखसाल्नु है यसपालिको चाडैमा ।
आमा यसपालिको चाडैमा ।
बाबा यसपालिको चाडैमा ।
किनेर राखेको थे सारी र चोली आमालाई भनेर
किनेर राखेको थे दौरा र सुरुवाल बाबालाई भनेर ।२
बाँकि रहेन सामान कुनै दैव है लागेर ।२
बाँच्यो है धन्य यो ज्यान पनि कसो कसो गरेर ।
कसो कसो गरेर ।
आउन पाईन है आमा विवशताले यसपालीको चाडैमा
आउन पाईन है बाबा विवशताले यसपालीको चाडैमा ।२
आएन सन्तान भनि आँसु नखसाल्नु है यसपालिको चाडैमा ।
आमा यसपालिको चाडैमा ।
बाबा यसपालिको चाडैमा ।
मन छैन है आमा एकैछिन बस्न बिरानो शहरमा ।
याद आउँछ सँधै चाड मनाको मिलेर गाउँमा ।२
अडिन्न मन रतिभर पनि शहर बस्नलाई ।२
आतुर छु है गाँउगई बाआमाको मुख हेर्नलाई ।
बाआमाको मुख हेर्नलाई ।
चित्त नदुखाउनु आमा आएन भनि यसपालीको चाडैमा ।
चित्त नदुखाउनु बाबा आएन भनि यसपालीको चाडैमा ।
आएन सन्तान भनि आँसु नखसाल्नु है यसपालिको चाडैमा ।
आमा यसपालिको चाडैमा ।
बाबा यसपालिको चाडैमा ।