मेरो मनकि रानी तिमी पो बन्छौ कि ?
मेरो खुसीको तिमी साथी बन्छौ कि ?
साथी बन्छौ कि ?
मेरो मनकि रानी ...
तिमीलाई देखे पछि यो मन छैन बसमा ।
तिमीलाई नै खोजि रहन्छ हर बखतमा ।
हर बखतमा ।
मेरो दिलकि रानी तिमी पो बन्छौ कि ?
दिल भित्र बसि तिमी धड्किदिन्छौ कि ?
धड्किदिन्छौ कि ?
मेरो मनकि रानी ...
सपनीमा आई तिमी मलाई जगाउँछौ ।
मिठा मिठा कुरा गरि मलाई भुलाउँछौ ।
मलाई भुलाउँछौ ।
मेरो सपनाकि रानी तिमी पो बन्छौ कि ?
सपनामा आई तिमी मलाई सताउँछौ कि ?
सताउँछौ कि ?
मेरो मनकि रानी तिमी पो बन्छौ कि ?
मेरो खुसीको तिमी साथी बन्छौ कि ?
साथी बन्छौ कि ?
मेरो मनकि रानी ...