हो हो हो हो हो...हो हो हो हो हो...
गऱ्यौ तिमीले मायामा झेल पनि,
टुक्रा पाऱ्यौ मायामा यो दिल पनि ।२
के नै गल्ति थियो मेरो भनन ?२
तयार भयौ मलाई राख्न जेल पनि ।
हो..तयार भयौ मलाई राख्न जेल पनि ।
जुनि बिताउने कसम खाएकै हो ,
भगवान सांची राखि माया लाएकै हो ।२
बदलियो किन? तिम्रो मन भनन ।२
बदलिदैन मन तिमीले भनेकै हो ।
हो...बदलिदैन मन तिमीले भनेकै हो ।
तयार भयौ तिमी छोडन मलाई ,
गयौ तिमी मलाई आँसु पिलाई ।२
लडेको थे तिम्रो लागि सबै सँग ।२
गयौ तिमी मलाई जिउँदो लास बनाई ।
हो..गयौ तिमी मलाई जिउँदो लास बनाई ।
सोचें को थे जिउन तिमी बिना पनि,
धेरै कोशिस गरे होसमा आउन पनि ।२
बाच्न मन छैन अब तिमी बिना ।२
बरु पिलाउ विष मलाई अमृत भनि ।
हो...बरु पिलाउ विष मलाई अमृत भनि ।
हो हो हो हो हो...हो हो हो हो हो...
हो हो हो हो हो...हो हो हो हो हो...