दुई दिनको जिन्दगीमा रमाइलो गरौ साथी हो,
भोलि के हुन्छ भन्न सकिदैन साथी हो ।
आजमा नै जिऔ भोलि के हुन्छ थाहा छैन हो ।
दुई दिनको जिन्दगीमा हाँसखेल गरौ साथी हो ।
दुई दिनको जिन्दगीमा रमाइलो गरौ साथी हो
कहिले दुःख कहिले सुख जिन्दगीको भोगाई हो ,
दुःख सुख सँगै भोग्दै जानु पर्छ साथी हो ।
असल कर्म गरि सेवा गर्दै जानु पर्छ साथी हो ।
सेवा नै धर्म हो भन्ने बुझ्नु पर्छ साथी हो।
आजमा नै जिऔ भोलि के हुन्छ थाहा छैन हो ।
दुई दिनको जिन्दगीमा हाँसखेल गरौ साथी हो ।
दुई दिनको जिन्दगीमा रमाइलो गरौ साथी हो ।
कहिले हाँसो कहिले आँसु जीवनको गीत हो ,
जन्मे पछि मर्नु पर्छ जिन्दगीको रित हो ।
कुकर्म गरि पैसा मात्र जम्मा किन गर्ने साथी हो ।
मरे सँगै पैसा पनि सति जाँदैन साथी हो ।
आजमा नै जिऔ भोलि के हुन्छ थाहा छैन हो ।
दुई दिनको जिन्दगीमा हाँसखेल गरौ साथी हो ।
दुई दिनको जिन्दगीमा रमाइलो गरौ साथी हो ।