फूल फूल्यो आँगनीमा मगमग चल्यो बासना ।
रिसाएको मात्र देख्छु कहिले काँही हाँस्ने गरन ।
माया कहिले काँही हाँस्ने गरन ।
ए माया कहिले काँही हाँस्ने गरन ।
फूल फूल्यो आँगनीमा ....
रिसाएको तिमीलाई पटक्कै सुहाउँदैन,
मलाई पनि धरोधर्म फकाउन आउँदैन ।२
माया फकाउन आउँदैन ।
रिस मार्न अब तिम्रो के पो गरुँ विन्ति भनन ।
जोकर बनि दिउँकि बरु तिम्रो शरण परूँ भनन।
माया तिम्रो शरण परूँ भनन ।
ए माया तिम्रो शरण परूँ भनन ।
फूल फूल्यो आँगनीमा ....
भन्छन धेरै रिस गरे आफैलाई हानी गर्छ,
तिम्रो लागि यो ज्यान पनि मर्न तयार हुन्छ ।२
माया मर्न तयार हुन्छ ।
हाँसी खुशी जिउनु पर्छ रिसराग कहिले नगर्नु ।
भरोसा छैन जिन्दगीको खुशीमा सँधै रमाउनु ।
माया खुशीमा सँधै रमाउनु ।
ए माया खुशीमा सँधै रमाउनु ।
फूल फूल्यो आँगनीमा ....