कति माया गर्छौ भन अझ तिमी मलाई
कुरा मात्र हो कि छल गरेको हो मलाई ।
मायाको डोरीले बाँधीराछु तिमीलाई ।
सक्ने भए देखाई दिन्थे छाती चिरी तिमीलाई ।
छाती चिरी तिमीलाई ।
हिक्क हिक्क बाडुल्किले बोल्नै पनि गाह्रो,
संझिएर होकि छिनमै बाडुल्कि ले माऱ्यो ।२
याद आउँछ तिम्रो मलाई साँझै विहानी ।
संझि रहन्छु तिमीलाई म जहाँ गए पनि ।
म जहाँ गए पनि ।
कहिले सम्म साथ दिन्छौ भन तिमी मलाई ।
कुरा मात्र हो कि छल गरेको हो मलाई ।
विश्वास गर कहिले पनि धोका दिन्न तिमीलाई ।
तिम्रो कसम जुनिभरि साथ दिन्छु तिमीलाई ।
साथ दिन्छु तिमीलाई ।
चंचल हुन्छ मन मेरो भेट्न तिमीलाई,
आँखाबाट कहिले ओझेल हुन दिन्न तिमीलाई ।२
दिल भित्र सजाई सके सँधैभरिलाई ।
बाधा अड्चन आए पनि साथ दिन्छु तिमीलाई ।
साथ दिन्छु तिमीलाई ।
कहिले पनि नछुटोस है साथ यो हाम्रो ।
अजम्बरी बनोस है माया यो हाम्राे ।
कहिले पनि छुट्ने छैन साथ यो हाम्रो ।
अजम्बरी बन्नेछ माया यो हाम्रो ।
माया यो हाम्राे ।
माया यो हाम्राे ।
माया यो हाम्राे ।
माया यो हाम्राे ।