जिन्दगीले हास्न सिकायो ।
जिन्दगीले रून सिकायो ।
जिन्दगीले हास्न सिकायो ।
जिन्दगीले रून सिकायो ।
हाँस्दै रुँदै जिन्दगीले..जीवनभर.हजुर
हाँस्ने रुँने खेल सँगै जिन्दगीले जिउन सिकायो ।
जिन्दगीले जिउन सिकायो ।
आफ्ना पनि आफ्ना हुन्नन केहि त स्वार्थ लुकेको हुन्छ ।
आफ्ना पनि आफ्ना हुन्नन केहि त स्वार्थ लुकेको हुन्छ ।
स्वार्थ पुरा भए पछि ....
स्वार्थ पुरा भए पछि आफै टाढा हुँदै जान्छ ।
हजुर आफै टाढा हुँदै जान्छ ।
जिन्दगीले नजिक बनायो ।
जिन्दगीले टाढा बनायो ।
नजिक टाढाको खेल सँगै...
नजिक टाढाको खेल सँगै जिन्दगीले स्वार्थी बनायो ।
जिन्दगीले स्वार्थी बनायो ।
भलो कुरा गऱ्यो भने उल्टै खेदो खन्ने गर्छन ।
भलो कुरा गऱ्यो भने उल्टै खेदो खन्ने गर्छन ।
राम्रो काम गर्दा गर्दै...
राम्रो काम गर्दा गर्दै खुट्टा तान्ने काम गर्छन ।
हजुर खुट्टा तान्ने काम गर्छन ।
जिन्दगीले मान्छे चिनायो ।
जिन्दगीले पाठ सिकायो ।
मान्छे चिन्दै बुझ्दै जाँदा जिन्दगीले पाठ सिकायो ।
जिन्दगीले पाठ सिकायो ।
जिन्दगीले जिउन सिकायो ।
जिन्दगीले स्वार्थी बनायो ।