सानै भए पनि मुटु तिमी अटाउँछौ ।
ठाँउ छ कि छैन भनि सोधि पठाउँछौ ।
तिम्रो लागि दिलको ढोका खुल्ला गरिराछु ।
तिमी बाहेक अरुलाई नो इन्ट्री लेखिराछु ।
नो इन्ट्री लेखिराछु ।
सानै भए पनि मुटु तिमी अटाउँछौ ।
तिमी अटाउँछौ...
ढुकढुकी बढन थाल्छ तिमीलाई देखे पछि ।
बाडुल्कि लागि हाल्छ तिमीले सम्झेपछि ।
अरुको लागि दिलको ढोका बन्द गरिराछु ।
तिमी बाहेक अरुलाई नो इन्ट्री लेखिराछु ।
नो इन्ट्री लेखिराछु ।
सानै भए पनि मुटु तिमी अटाउँछौ ।
तिमी अटाउँछौ...
आँखा पनि तिम्रै बाटो हेरि टोलाउँछ ।
देखि हाले परेलिले तिमीलाई लुकाउँछ ।
मन परेको मान्छे तिमी दिलमा सजाईराछु ।
तिमी बाहेक अरुलाई नो इन्ट्री लेखिराछु ।
नो इन्ट्री लेखिराछु ।
सानै भए पनि मुटु तिमी अटाउँछौ ।
ठाँउ छ कि छैन भनि सोधि पठाउँछौ ।
तिम्रो लागि दिलको ढोका खुल्ला गरिराछु ।
तिमी बाहेक अरुलाई नो इन्ट्री लेखिराछु ।
नो इन्ट्री लेखिराछु ।
सानै भए पनि मुटु तिमी अटाउँछौ ।
तिमी अटाउँछौ...
तिमी अटाउँछौ...