भोक पनि हरायो प्यास पनि मेटियो तिमीलाई देखे देखि ।
तिमीलाई देखे देखि ।
याद आउँछ बेस्सरी यादले सताउँछ बेस्सरी तिमीलाई देखे देखि । तिमीलाई देखे देखि ।
किन यस्तै यस्तै हुन्छ आजभोली मलाई?२
खै लागेर हो कि प्रेम रोग मलाई ।२
के यही नै त हो माया ? के यही नै त हो माया ?
के यस्तै यस्तै हुन्छ मायामा के यस्तै यस्तै हुन्छ मायामा ।
तस्बिर हेरी तिम्रो संधै टोलाउछु ,
तिमी नै भनेर अरुलाई बोलाउँछु ।
तिमीलाई नदेख्दा छट्पट्टिन थाल्छु,
एकान्तमा एक्लै हराउन थाल्छु ।
तस्बिर हेरी टोलाउछु अरुलाई नै बोलाउँछु तिमीलाई देखे देखि ।
तिमीलाई देखे देखि ।
छटपट्टी बढन थाल्यो होसै हराउन थाल्यो तिमीलाई देखे देखि ।
तिमीलाई देखे देखि ।
किन यस्तै यस्तै हुन्छ आजभोली मलाई?२
खै लागेर हो कि प्रेम रोग मलाई ।२
के यही नै त हो माया ? के यही नै त हो माया ?
के यस्तै यस्तै हुन्छ मायामा के यस्तै यस्तै हुन्छ मायामा ।
आफूलाई हेरी आफै भित्र हराउँछु ,
बेहोसीमा पनि तिम्रो नाम नै जप्छु ।
तिम्रो तस्बिर हेरि एक्लै गुनगुनाउछु,
एकान्तमा बसेर आफु सँगै कुरा गर्छु ।
आफू भित्रै हराउछु आफ्नो नाम नै भुल्छु तिमीलाई देखे देखि ।
तिमीलाई देखे देखि ।
एक्लै गुनगुनाउँछु आफुसँगै कुरा गर्छु तिमीलाई देखे देखि ।
तिमीलाई देखे देखि ।
किन यस्तै यस्तै हुन्छ आजभोली मलाई?२
खै लागेर हो कि प्रेम रोग मलाई ।२
के यही नै त हो माया ? के यही नै त हो माया ?
के यस्तै यस्तै हुन्छ मायामा के यस्तै यस्तै हुन्छ मायामा ।