उनको प्रतिक्षामा बसिराछु,
उनको यादमा डुबिराछु ।
क्षितिज पारीको घामलाई हेरि
क्षितिज पारीको घामलाई हेरि
पर्खाइलाई यादगार बनाईराछु ।
यादगार बनाईराछु ।
प्रतिक्षाको घडी पनि कति कठिन हुँदो रहेछ ।
एक मिनट पनि एक साल जस्तो हुने रहेछ ।
कालो रातलाई विहानीको आश लागे झै ।
प्रतिक्षाको फल मिठो हुन्छ भन्ने लाग्ने रहेछ ।
प्रतिक्षाको फल मिठो हुन्छ भन्ने लाग्ने रहेछ ।
कहिले होस हराएझै लाग्छ
कहिले भोक मेटिए झै लाग्छ ।
उनको तिर्सनाले खै किन हो
उनको तिर्सनाले खै किन हो
प्यास नमेटिए झै लाग्छ ।
प्यास नमेटिए झै लाग्छ ।
रंगिन सपना देख्ने कस्तो बानि पर्दो रहेछ ।
प्रतिक्षा गर्दा गर्दै पाउने आश पनि मर्दो रहेछ ।
उनको तस्बिर आँखैमा आउँदा आउँदै ।
आँसुले सिरानी भिजेको पत्तो नहुँदो रहेछ ।
आँसुले सिरानी भिजेको पत्तो नहुँदो रहेछ ।
कहिले सपना देख्ने गर्छु,
कहिले छट्पटाउँने गर्छु,
उनको यादमा डुबेर
उनको यादमा डुबेर
आफुलाई भुलिदिने गर्छु ।
आफुलाई भुलिदिने गर्छु ।