कति कमलो छ यो मन .....
कति कमलो छ यो मन कमलो नै बनि दिन्छ ।
कति कमलो छ यो मन कमलो नै बनि दिन्छ ।
तर परिस्थिति अनुसार यो बदलि रहन्छ ।
यो बदलि रहन्छ ।
यो बदलि रहन्छ ।
कति कमलो छ यो मन....
कहिले खुशी हुँदै यो मन रमाई दिन्छ ।
खुशीले रमाउँदै संसारै भुलि दिन्छ ।
कहिले खुशी हुँदै यो मन रमाई दिन्छ ।
खुशीले रमाउँदै संसारै भुलि दिन्छ ।
खुशीले रमाउँदै यो मन..
खुशीले रमाउँदै यो मन मुस्कान पोखिदिन्छ ।
खुशीले रमाउँदै यो मन मुस्कान पोखिदिन्छ ।
तर परिस्थिति अनुसार यो बदलि रहन्छ ।
यो बदलि रहन्छ ।
यो बदलि रहन्छ ।
कति कमलो छ यो मन....
कहिले दुःखि हुँदै यो मन रोई दिन्छ ।
रूँदा रुँदै आफैलाई सम्हालि दिने गर्छ ।
कहिले दुःखि हुँदै यो मन रोई दिन्छ ।
रूँदा रुँदै आफैलाई सम्हालि दिने गर्छ ।
रूँदा रुँदै यो मन...
रूँदा रुँदै यो मन कहिले कठोर बनि दिन्छ ।
रूँदा रुँदै यो मन कहिले कठोर बनि दिन्छ ।
तर परिस्थिति अनुसार यो बदलि रहन्छ ।
यो बदलि रहन्छ ।
यो बदलि रहन्छ ।
यो बदलि रहन्छ ।