सुन पियारी सुन पियारी ।
नजाउँ म सँग रिसाई ।
नजाउँ म सँग रिसाई ।
ए सुन पियारी सुन पियारी ।
नजाउँ छोडी मलाई ।
नजाउँ छोडी मलाई ।
धेरै रिसाए आफैलाई हुन्छ हानी ।
केही भन्नै नहुने रिसाई हाल्ने बानी ।
अब तिमीलाई रिसाउन दिने छैन ।
तिम्रो कसम दिल दुखाउने छैन ।
सुन पियारी सुन पियारी ।
माफ गर एक पल्ट मलाई ।
माफ गर एक पल्ट मलाई।
ए सुन पियारी सुन पियारी ।
नजाउँ मलाई एक्लो बनाई ।
नजाउँ मलाई एक्लो बनाई ।
सुन पियार सुन पियार।
म सँग बोल्दै नबोल ।
म सँग बोल्दै नबोल ।
ए सुन पियार सुन पियार ।
आउँदिन अब तिम्रो घर ।
आउँदिन अब तिम्रो घर ।
आफु मात्र लखर लखर डुलि हिँड्ने गर्छौ ।
बाहिर अरु राख्या छौ कि ढिला आउने गर्छौ ।
मलाई पनि रहर लाग्छ तिमी सँगै घुम्ने ।
मेरो मनको ईच्छा तिमी कहिले नबुझ्ने ।
सुन पियार सुन पियार ।
नखाउ मेरो झुठो कसम ।
नखाउ मेरो झुठो कसम ।
ए सुन पियार सुन पियार ।
फर्कि जाउ अब तिमी घर ।
फर्कि जाउ अब तिमी घर ।
मा कसम अब तिमीलाई दुःख दिने छैन ।
तिमी नै हौ सबथोक मेरो बाहिर डुल्ने छैन ।
चिल्ला चिल्ला कुरा गरि सँधै फकाउँछौ ।
रोए जस्तो गरि सँधै मन मेरो पगाल्छौ ।
सुन पियारी सुन पियारी ।
तिमी नै हौ मेरो पियारी ।
तिमी नै हौ मेरो पियारी ।
सुन पियार सुन पियार।
तिमी नै हौ मेरो पियार ।
तिमी नै हौ मेरो पियार ।
तिमी नै हौ मेरो पियारी ।
तिमी नै हौ मेरो पियार ।
तिमी नै हौ मेरो पियारी ।
तिमी नै हौ मेरो पियार ।