तिम्रो मुस्कान सँगै मुस्कुराउन पाँउ ।
तिम्रो खुशी सँग सँगै रमाउन पाउँ ।
तिम्रो दुःख सँग सँगै कटाउन पाउँ ।
तिम्रो मन भित्र सँधै बास बस्न पाउँ ।
तिम्रो मन भित्र सँधै बास बस्न पाउँ ।
सँधै बास बस्न पाउँ ।
तिम्रो मुस्कान सँगै मुस्कुराउन पाँउ ।
सँगै मुस्कुराउन पाँउ ।
चन्द्रमा झै तिम्रो मुहार उज्यालो भैरहोस ।
रात कि रानी फूल झै बासना छरिरहोस ।
गुलावको फूल झै ओठ्मा लाली छाइरहोस ।
टिलपिल सित झै आँखाबाट आँसु नझरोस ।
आँखाबाट आँसु नझरोस ।
तिम्रो मुस्कान सँगै मुस्कुराउन पाँउ ।
सँगै मुस्कुराउन पाँउ ।
तिम्रो कोमल पाउमा कहिले काँडा नबिझोस ।
तिमी हिँड्ने बाटोमा सँधै फूल फूलि रहोस ।
तिम्रो मनमा सँधैभरि सुख शान्ति फैलिरहोस ।
तिम्रो मनको इच्छा कामनाहरु पुरा भैरहोस ।
कामनाहरु पुरा भैरहोस ।
तिम्रो मुस्कान सँगै मुस्कुराउन पाँउ ।
सँगै मुस्कुराउन पाँउ ।
सँगै मुस्कुराउन पाँउ ।
सँगै मुस्कुराउन पाँउ ।