कस्तो हो यो माया मुटु नै जलाई दिने ।
कहिले हँसाइ दिने कहिले रुवाई दिने ।
हाँस्दै रुदै आफैलाई पागल बनाई दिने ।
हे माया पागल बनाई दिने, हे माया पागल बनाई दिने ।
पोल्छ मुटु भत्भति मल्हम लाउने कोही छैन ।
फाटेको मन सिउने कुनै मायालु छैन ।
मल्हम लाउने मायालुलाई कस्ले खोजी दिने ।
खोज्दा खोज्दै आफैलाई पागल बनाई दिने ।
हे माया पागल बनाई दिने, हे माया पागल बनाई दिने ।
सिसा जस्तै सफा मन टुक्रा टुक्रा पारी दिने ।
मुटु भित्र चोट दिई छिया छिया पारि दिने ।
टुक्रा टुक्रा परेको मन कस्ले जोडिदिने ?
सोच्दा सोच्दै आफैलाई पागल बनाई दिने ।
हे माया पागल बनाई दिने, हे माया पागल बनाई दिने ।
हे माया पागल बनाई दिने, हे माया पागल बनाई दिने ।