M: नहेर है मलाई माया गाला पुक्क पुक्क पारी । नहेर है मलाई माया आँखा ठूलो ठूलो पारी ।
किन रिसाउछौ माया आँखा रातो रातो पारी ?
भुल भए माफी देउन माया मन शान्त शान्त पारी । हो... माया मन शान्त शान्त पारी ।
रिसाउदा कहिले तिमी ज्वालामुखी बनि दिन्छौ । खुसी हुँदा कहिले तिमी चन्द्रमुखी बनि दिन्छौं ।
नरिसाउनु घरीघरी माया ज्वालामुखी बनि । खुसी हुनु सधैं सधैं माया चन्द्रमुखी बनि ।
न आउनु है जहिले जहिले माया ज्वारभाटा बनि ।
उज्यालो छर्नु सधैं सधैं माया सूर्यमुखी बनी । हो...माया सूर्यमुखी बनि ।
F: घुमाउनु लान्छु भनी जहिले पनि ढाटी हिड्ने गर्छौ । मोबाईल मा जहिले जहिले ब्यस्त भै दिने गर्छौ ।
नढाट्नु है घरीघरी घुमाउनु लान्छु भनी । रिस नउठाउनु जहिले जहिले मोबाईलमा ब्यस्त भई । नछोड्नु हात कहिले पनि सधैं साथ मेरो दिनु । माया गर्नु जहिले जहिले मलाई बिचल्लीमा कहिल्यै नपार्नु ।
M: रिसाउनु दिने छैन माया अब सधैं साथ दिन्छु । माया गर्छु सधैंभरि माया जीवनभर खुसी दिन्छु ।
F: नछोड्नु हात कहिले पनि सधैं मेरो साथ दिनु । माया गर्नु सधैंभरि मलाई बिचल्लीमा नपार्नु ।
M: अब गाला पुक्क नपार्नु ।
F: मलाई सधैं साथ दिनु ।