दैव तिमीले मलाई के को सजाय दियौ, किन तिमीले मेरो जीवन उजाड बनायौ ।
तिमीले मलाई मर्नु न बाच्नु बनायौ, रमाएको मनलाई किन रुन सिकायौ ।
रमाएको मनलाई किन रुन सिकायौ ।
स्याहार गर्न तिमीले मलाई मुना पठायौ, ती मुनालाई दुःख दिई रुने बनायौ ।
कति लिन्छौ परिक्षा उनको दुःख गराई, हिम्मत हारेकी छैनन् उनी मलाई बचाउनलाई ।
अझै कति राख्छौ मलाई अपाङ्ग बनाई, उनको तपस्या देखि झुक्नु पर्ला तिमीलाई ।
उनको तपस्या देखि झुक्नु पर्ला तिमीलाई ।
दैव किन हाम्रो खुसी छिनेर लियौ, दुःखै दुःख दिएर के को बदला लियौ ।
सक्छौ देउ खुसी ठीक पारी मलाई, सक्दिनौ भने तड्पाई तड्पाई नमार मलाई ।
जानु छ सबले एक दिन संसार छोडेर, भूल्नेछन सबले मलाई पिड़ा सहेर ।
भूल्नेछन सबले मलाई पिड़ा सहेर ।
भूल्नेछन सबले मलाई पिड़ा सहेर ।