निउनी सोच्ने गर्थिन सँधै आफ्नो कुरा
म नि सोच्ने गर्थे मेरो आफ्नै कुरा ।
फरक थियो सोच उनको र मेरो,
दोष थियो केवल हाम्रो आफ्नो सोचको ।
दोष थियो केवल हाम्रो आफ्नो सोचको ।
उनी हिड्ने गर्थिन सँधै उनको बाटो
म नि हिड्ने गर्थे मेरो आफ्नै बाटो ।
फरक थियो बाटो उनको र मेरो,
दोष थियो केवल हाम्रो भेटघाटको ।
दोष थियो केवल हाम्रो भेटघाटको ।
हास्थिन उनी एक्लै अनि रिसाउथिन
म नि एक्लै हाँस्थे अनि रिसाउथे ।
फरक थियो हाँसो उनको र मेरो ।
दोष थियो केवल हाम्रो एक्लोपनको ।
दोष थियो केवल हाम्रो एक्लोपनको ।
हिँड्थिन उनी सँधै आफ्नै साथी सँगै
म नि हिँड्ने गर्थे मेरै साथी सँगै ।
फरक थियो साथ उनको र मेरो ।
दोष थियो केवल हाम्रो आफ्नै नजरको ।
दोष थियो केवल हाम्रो आफ्नै नजरको ।
उनी बोल्ने गर्थिन प्राय झूटो कुरा ।
म नि गर्ने गर्थे प्राय आफ्नै कुरा ।
फरक थियो बोली उनको र मेरो ।
दोष थियो केवल हाम्रो विश्वास भरोसाको ।
दोष थियो केवल हाम्रो विश्वास भरोसाको ।
दोष थियो केवल हाम्रो विश्वास भरोसाको ।