कुटुमा कुटु खाई सक्यो मुटु छड्के त्यो हेराईले ।
घायल भएँ तिमीलाई हेरि तिम्रो त्यो मुस्कानले ।
कुटुकुटु खाईछौ, घायल पारिछौ,
छड्के त्यो हेराईले माया तिम्रो त्यो मुस्कानले ।
छड्के त्यो हेराईले माया तिम्रो त्यो मुस्कानले ।
खै कस्तो तिम्रो मोहनी रूप मन नै लोभ्याउने ।
मोहनी रूप हेरेर तिम्रो यि आँखा लजाउने ।
माया यि आँखा लजाउने ।
धड्किन थाल्यो जोडले दिल तिमीलाई देखेर ।
राखि है सक्यो तस्बिर तिम्रो आँखाले खिचेर ।
धड़कियो दिल, राख्यो है तस्विर,
तिमीलाई देखेर माया आँखाले खिचेर ।
तिमीलाई देखेर माया आँखाले खिचेर ।
गाजलु टिका निधारमा तिम्रो झन कस्तो सुहाको ।
लजालु बानि देखेर तिम्रो मन मेरो चोरी भो ।
माया मन मेरो चोरी भो ।
फस्यो है मेरो यो दिल तिम्रो गाजलु टिकामा ।
अडियो पाईला हेरेर तिम्रो लजालु बानिमा ।
फस्यो है दिल, चोरिभो यो मन ।
गाजलु टिकामा माया लजालु बानिमा ।
गाजलु टिकामा माया लजालु बानिमा ।
गाजलु टिकामा माया लजालु बानिमा ।