तिमी पनि नेपाली हामी पनि नेपाली
जहाँ भएनि जहाँ बसेनि यो मन त नेपाली ।
यो मन त नेपाली । हामी सबै नेपाली ।
हाम्रो पनि मुटु नै छ देशलाई दुःख्दा हामीलाई दुख्छ ।
भूगोल फरक भए पनि हाम्रो आत्मा नेपालमै छ ।
बुद्ध जन्मेको देश नेपाल सुन्दर शान्त देश नेपाल ।
जहाँ भएनि जहाँ बसेनि मनमा छ हाम्रो देश नेपाल ।
मनमा छ हाम्रो देश नेपाल ।
तिमी पनि नेपाली हामी पनि नेपाली
जहाँ भएनि जहाँ बसेनि यो मन त नेपाली ।
यो मन त नेपाली । हामी सबै नेपाली ।
जन्म देश नेपाल हो कर्म देश फरक छ
नेपालमै बसि देश सेवा गर्ने हाम्रो रहर छ ।
वातावरण बनाइदेउ सरकार नेपालमै काम गर्न
रहर छैन हामीलाई पनि परिवार र देश छोड्न ।
परिवार र देश छोड्न ।
तिमी पनि नेपाली हामी पनि नेपाली
जहाँ भएनि जहाँ बसेनि यो मन त नेपाली ।
यो मन त नेपाली । हामी सबै नेपाली ।