जागौ न जागौ नेपाली अब त जागौ है ।
अहिले नजागे नेपाली कहिले जाग्ने हो ।
रुँदैछिन हेर नेपाल आमा आँसु पुछौ न है ।
अहिले आँसु नपुछे हामी कहिले पुछने हो ।
अहिले आँसु नपुछे हामी कहिले पुछने हो ।
भ्रष्टचार अझै देशमा मौलाई राछ है ।
भ्रष्टचारले देशलाई खोक्रो बनाइराछ है ।
भ्रष्टचारीलाई कहिले सम्म पालेर राख्ने हो ?
भ्रष्टचारलाई कहिले सम्म निर्मूल पार्ने हो ?
उठौ न उठौ सच्चा नेपाली भ्रष्ट्राचार हटाउनलाई ।
भ्रष्टचार रोकि भ्रष्टचारीलाई कारवाही गर्न लाई ।
भ्रष्टचार रोकि भ्रष्टचारीलाई कारवाही गर्न लाई ।
नेताहरु गन्हाइ सके भ्रष्टचारमा डुबेर ।
जिताउँछौ तिनै नेतालाई हामी पैसामा भुलेर ।
अझै पनि चेतेनौ भने बेच्नेछन देशलाई ।
लखेट्नु पर्छ देश बेच्ने यि दलालहरुलाई ।
जागौ न जागौ सच्चा नेपाली देश बनाउनलाई ।
बनाई देश नेपालको अस्तित्व बचाउनलाई ।
बनाई देश नेपालको अस्तित्व बचाउनलाई ।
जन्मभुमी स्वर्गदपि गरियसी ।