तिम्रो नाम लेख्ने थिए, थाहा भए भाग्य कुन कलमले लेखिन्छ,
के भयो मलाई बगैंचा को फूल तिमी जस्तै देखिन्छ
सधैं साथ रहनु प्रिय चोखो माया गर्नेको लागि झुपडी पनि दरबार देखिन्छ।।।
2.) वसन्त ऋतुमा फूल फुले झैं, तिम्रो जीवनमा मायाको फूल छरौंला
सुख भए होस् या दुःख सँगै गरौंला
तिमी चोखो माया गरेर त हेर मर्नै मारे पनि तिमी भन्दा पैला मा आफैं मरौंला
3) तिमी बाहेक अरु केटिलाई यो हातले छुने छैन
मन मनै रनेछु तर तिम्रो सामु कहिले रुने छैन
तन मन बाट नै तिम्रो हुने छु अरु कसैको हुने छैन
तिमिले छाडी गए पनि तिमी बाहेक अरुको लागि यो मन मा ठाउँ कुनै छैन
4.)तिम्रो मनमा अरु छ भनेर पहिलेनै किन भनेनौ💔
हुन त तिम्रो लागि पशु सरह थिएँ तिमीले मलाई मान्छे गनेनौ 😭
त्यसैले,
मैले गरेको माया तिम्रो मनोरञ्जन गर्ने जात्रा बनायौ
त्यही जात्रामा मलाई हेर्दै हाँस्न तिम्रो हाँसोको पात्र मात्र बनायौ😢😢🥺😭
5.) भनिन्छ अचानोको व्यथा खुकुरीलाई के था
तर खुकुरी, खुकुरी हुनु पहिला कति जलेको र चोट खाएको छ भनेर त्यो अचानो लाई के था ।।🥺😢
त्यस्तै, तिमी भन्छौ मेरो व्यथा तिमीलाई के था
रने मन हुँदा आँसु नझारी आवाज ननिकाली रुनुको पीडा तिमीलाई नी के था 😭😢💔
6.) मननै त हो हजुर मनले तिमीलाई रोज्यो त त्यसमा मनको के दोष,
आफू झुपडीमा बस्ने मान्छे त्यसमा मसँग नभाको धनको के दोष,
फूल कस्तो हुन्छ भन्ने कुरामा बिचरा गमलाको के दोष
फूल राम्रो भएपछि भमरा त लागि हाल्छ त्यसमा भमराको के दोष,