त्यो घर हिजो आज रित्तो अनि सुनसानले भरिएको छ
त्यहाँ अरू केही न भै मात्र एक बा आमाको सपना छ!!
छोरा छोरीले हात र साथ एक साथ छोडे पनि
'सँगै बाचेऊ अब सँगै मर्ने' भन्ने ती बा आमाको एक भनाइ छ!!
त्यो घर हिजो अस्ति सम्म भरा-भरी अनि खुसीयाली थियो
जहाँ छोरा छोरी ती बा आमाको एक साथमा हुँदा !!
त्यो घर हिजो आज रित्तो अनि सुनसानले भरिएको छ
जहाँ छोरा छोरी ती बा आमाको एक साथमा न हुँदा !!
ती बा आमा कुनै दिन फर्की आउने छन् भनी
बसेका छन् अझै आफ्ना छोरा छोरी प्रति आशा राखी
छोरा छोरी भने हामी न भएता पनि
चल्ने छ घर रित्तिने छैन भनी बसेका छन् गलत सोच राखी !!
त्यो घर फेरि भरा-भरी अनि खुसीयाली हुने छ
जहाँ छोरा छोरी ती बा आमालाई र घर सम्झी आए पछि !!
अनि ती बा आमाको सपना पूरा हुने छ
जहाँ आफ्नो छोरा छोरी प्रतिको एक साथको माया पाए पछि!!