म तिमीलाई चाहेको भन्दा पनि बढी माया गरौँला
दुई मुटुको ढुकढुकी बनी प्रेमसागर तरौँला।२×
यो प्रेमको भावसार अनन्त छ मिलेरै बाचौँला
जनम जनम मायाको कोसेली मुटुभरी साचौँला।२×
म तिमीलाई चाहेको भन्दा......
जीवन हाम्रो सलल बगेको खोला फर्केर आउँदैन
बेलैमा सोचौं है माया लाउनु उमेर फेरि धाउँदैन।
म तिमीलाई चाहेको भन्दा पनि बढी माया गरौँला
दुई मुटुको ढुकढुकी बनी प्रेमसागर तरौँला।२×
म तिमीलाई चाहेको भन्दा.......
हात तिमी समाइदेऊ छुट्ने डर छैन कतै मनमा
बिश्वासले बाँधिएको डोरीले घात हुन्न कतै तनमा।
म तिमीलाई चाहेको भन्दा पनि बढी माया गरौँला
दुई मुटुको ढुकढुकी बनी प्रेमसागर तरौँला।२×
म तिमीलाई चाहेको भन्दा......
यो जीवनमा तिमी छौँ र धेरै आशा जाग्छ
दुःख थिए हिजो अस्ति तिमी आउँदा सबै भाग्छ।